६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

ग्रेटर नेपाल फिर्ता ल्याउन सबै नेपालीले एकजुट हुनपर्नेछ : नेकपा नेता भृकुटी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भृकुटी सीले ग्रेटर नेपाल फिर्ता ल्याउन सबै नेपाली एकतावद्ध हुनुपर्ने बताएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेकाे विराेधमा आयाेजित विराेध प्रदर्शनलाई सम्बाेधन गर्दै भृकुटीले ग्रेटर नेपाल फिर्ता ल्याउन सबै नेपाली एकतावद्ध भएर लड्नुपर्ने बताएकी हुन् ।

भारतीय दूतावास अगाडि भएकाे प्रदर्शनमा उनले ग्रेटर नेपाल फिर्ता ल्याउन सुरक्षाकर्मीले पहिलाे माेर्चा लड्नुपर्ने बताइन् । ‘ग्रेटर नेपाल फिर्ता ल्याउन नेपालीहरू एकतावद्ध भएर लड्नुपर्ने छ । यसकाे अग्र माेर्चाका रूपमा सुरक्षाकर्मीले लड्नुपर्ने छ ।’, उनले भनिन्, ‘याे माेर्चा लड्दा हाम्रो पहिलाे निशाना विभिन्न सम्झाैता गर्ने दलालहरुलाई हुनेछ। पूर्वमा टिस्टादेखि पश्चिम काँगडासम्म भूभाग सुम्पिएर असमान सन्धि गर्नेहरू, सुगौली सन्धिदेखि एमसीसीसम्मका विभिन्न सन्धी गर्नेकाे टाउकाेमा ढ्याङ्ग्रो ठाेक्नुपर्छ ।’

नेपालमा भारतकाे दादागिरी बढ्दै गएकाे भन्दै त्यसकाे प्रतिराेध गर्न नेकपा तयार भएकाे भन्दै प्रतिरोध संघर्षमा साथ दिन नेपाली जनतालाई आह्वान गरिन् । विराेध प्रदर्शन पछिकाे काेणसभाकाे संचालन अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र सीले गरेका थिए ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकाे अनुमति नलिई कालापानी क्षेत्रको भ्रमण गरेका थिए । त्यही विरोधमा नेकपा, उपत्यका ब्युरो र संयुक्त जवसकाे आयाेजनामा विराेध प्रदर्शन गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?