३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

पूँजीवादी व्यवस्थाले निम्त्याएको समस्याको समाधान मात्रै वैज्ञानिक समाजवादको स्थापना हो : सन्देश सी

चितवन । नेकपा पोलीट व्युरो सदस्य संदेश सी ले ” हाम्रो देशमा पूँजीवादी दलाल व्यवस्थाले निम्त्याएका हरेक समस्याको सामाधान मात्रै वैज्ञानिक समाजवादको स्थापना भएको बताएका छन् ।

माडी बसन्तपुर स्थित माडी क्याम्पसमा गरिएको नेपाल कम्युनिस्ट पार्टी पश्चिम् जिल्ला समितिको आयोजनामा दशै,तिहार,छठ,नेपाल सम्वत् ११४४ को शुभकामना आदानप्रदान तथा नेपाली बिषेशताको समाजवाद बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सन्देस ले सो कुरा बताएका हुन् ।

शनिवार भएको उक्त कार्यक्रममा बोल्दै नेकपा पोलिट व्युरो सदस्य संदेश सी ले ” नेपाल र नेपाली जनताको स्थितिलाई प्रस्ट्याउँदै सरकारी तथा गैरसरकारी क्षेत्रमा भयको भ्रष्टाचार, वैदेशिक ठगी ,वित्तीय संस्था र बैकहरुको चर्को ब्याजदर साथै लुट,मिटरव्याजी ,लघुवित्त सस्था र खराब नियतवश संचालन गरियका ठुला स्तरका सहकारी हरुको ठगी,महंगी, बेरोजगारी, कालोबजारी, सामाजिक असुरक्षा, कु-शासन जस्ता तमाम समस्याका कारण उद्योगी, व्यवसायी,इमानदार कर्मचारी र संकटग्रस्त जनजीवनलाई औंल्याउँदै याबत समस्याको मुख्य कारण पुँजीवादी दलाल व्यवस्था भएको हुँदा यी सवै समस्याहरूको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद मात्रै हुन सक्ने बताएका छन् ।

स्थानीय नेता कार्यकर्ताहरुको उपस्तिथिमा भयको कार्यक्रममा सबै सस्थाको प्रतिनिधिहरुले यो व्यवस्थाले जनताको सेवा नगरेको र राष्ट्रीय संकटको बेलामा सबै स्थानीय राजनीतिक पार्टी हरु एक ठाउँमा आउनुपर्ने भन्दै नेकपाले आयोजना गरेको कार्यक्रम यसको सुरुवात भयको बताए ।

कार्यक्रमको सभापति,कार्यपत्र प्रस्तुतकर्ता,टिप्पणीकर्ता,सबै मन्चमा नबसी सबै एकै ठाउँमा बसेर गरियको कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी अटल सी ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?