११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार
spot_img

नेकपा काठमाडौं १,२ र सम्पर्क जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रम कपुरधारामा सम्पन्न

काठमाडौं । नेकपाकाे काठमाडौं जिल्ला नम्बर १,२ र सम्पर्क जिल्लाको संयुक्त प्रशिक्षण व्युरो पार्टी कार्यालय कपुरधारामा सम्पन्न भएकाे छ । शनिबार नेकपा उपत्यका व्युरोले पार्टी जिल्ला कमिटी सदस्यहरूलाई प्रशिक्षित गरेकाे हाे ।

MCC सम्झौता परियोजनाका ठेक्का सम्झौता रद्द भइरहेको बेलामा पार्टीले उक्त कुरालाई लक्षित गर्दै प्रसिक्षरण गरेको बताईएको छ ।

५० जना भन्दा बढीको सहभागिता रहेको उक्त प्रशिक्षणमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले प्रशिक्षित गरेकी थिइन् ।

साथै भक्तपुर जिल्लाकाे प्रशिक्षण कार्यक्रममा जिल्ला इन्चार्ज अखिल सीले एमसीसी परियोजना र यसले नेपाललाई पार्ने असरका बारेमा प्रशिक्षण दिएका थिए ।

भृकुटी सीको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रमको सञ्चालक काठमाडौ २ नम्बर जिल्ला ईन्चार्ज ज्ञानु सि ले गरेकी थिइन् । भने स्वागत मन्तव्य पार्टी प्रतिनिधि सदस्य तथा समाजबादी गण्तान्तृक मन्च नेपालका ईन्चार्ज रत्न सि ले दिएका थिए ।

काठमाडौंकाे जाेरपाटी, कपुरधारा, सतुङ्गल, ललितपुर र भक्तपुरमा एकै समयमा प्रशिक्षण कार्यक्रम भएका हुन् । काठमाडौं जिल्ला नम्बर ४ र ५ को प्रशिक्षणमा व्युरो इन्चार्ज कृति सीको उपस्थिति रहेकाे थियाे । काठमाडौंको जोरपाटीमा सुरु भएको प्रशिक्षणमा एमसीसी प्रभावित क्षेत्र लप्सीफेदीका जनता तथा त्यस क्षेत्रका पार्टी कार्यकर्ताको बाग्लो उपस्थिति रहेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?