३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

विद्युत् विधेयक दफाबार छलफलका लागि समितिमा

काठमाडौँ, २६ असोज । प्रतिनिधिसभाको आजको बैठकले ‘विद्युत् विधेयक, २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकको विशेष समयमा सांसदहरुले शान्तिसुरक्षा र सुशासन कायम गर्न माग गर्दै चाडपर्व नजिकिएसँगै बजारमा महँगी र कालोबजारी बढेकाले यसलाई नियमन गर्न माग गरे । उनीहरुले इजरायलमा अलपत्र रहेका थप नेपालीहरुलाई उद्धार, खोजी तथा स्वदेश फिर्ताका प्रक्रियामा निरन्तर चासो दिन पनि आग्रह गरे । विजयादशमी अगाडिको अन्तिम बैठक भएकाले सांसदहरुले नेपालीहरुमा शुभकामना सन्देश पनि व्यक्त गरेका थिए ।

उक्त समयमा सांसदहरु पदम गिरी, हितराज पाण्डे, सञ्जयकुमार गौतम, वासुदेव घिमिरे, अशोककुमार चौधरी, रोशन कर्की, प्रदीप यादव, राजेन्द्र पाण्डे, सर्वेन्द्रनाथ शुक्ला, प्रभु साह, उर्मिला माझी, मैना कार्की, तारा लामा तामाङ, अमृतलाल राजवंशी, सन्तोष चालिसे र लालवीर चौधरीले भाग लिएका थिए ।

बैठकले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थितिका सूचना दिने मनोरमा शेरचन, दयालबहादुर शाहीको सूचनालाई स्वीकृत गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले दसैँ, तिहार र छठ पर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी कात्तिक १२ गते आइतबार दिउँसो १ बजे बस्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?