२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा नेता सन्देस सी भन्छन् ” मानव अहित पर्व परिमार्जित गर्नु पर्छ”

भरतपुर। नेपाल कम्युनिस्ट पार्टी पश्चिम जिल्ला अन्तरगत भरतपुर ईलाका समितिको आयोजनामा सुभकामना आदान प्रदानका साथै चियापान कार्यक्रम गरिएको छ । शुक्रवार नेपाल कम्युनिस्ट पार्टी भरतपुर इलाका समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो समिति सदस्य तथा केन्द्रिय उत्पादन बिभागका माडी शाखा इन्चार्ज सन्देश सी ले सुभकामना आदनप्रदान कार्यक्रममा बिज्ञान र मानवजातिको हितमा रहेको संस्कार र संस्कृतिको रक्षा र मानव जातिको अहितमा रहेको चाडपर्व लाइ बिस्तारै छोड्दै नयाँ सस्कृतीको निर्माण गर्नुपर्ने बताएका छन् । ”

संदेश सी ले भने “देश भूमण्डलीकृत पुँजीवाद ,साम्राज्यवादी हस्तक्षेप र उदार अर्थतन्त्रको चङ्गुलमा फस्दै जानुको मुख्य कारण राजनीतिक हिसाबले देशभक्त कम्युनिस्ट, समाजवादीहरु सत्ताको किनारामा र पुजीवादी र विदेशी आडभरोसमा नियतवस आयका शक्तिहरु सत्ताको केन्द्र तिर पुग्नु हो । आर्थिक हिसाबले उद्योगि ,रास्ट्रीय पुजिपती ,नयाँ श्रमिक वर्गहरुको जिवन धारासायी बन्दै गयको छ भने दलाल,सत्ता र शक्तिलाई परिचालन गरि नाफा कुम्ल्याउने मुठ्ठिभर लुटेराहरुसङ मात्र अर्थतन्त्रको चाबी पुगेको छ । संसदवादी पार्टीहरु यो समस्याको हल गर्ने तिर भन्दापनी शक्ति केन्द्रसङ लम्पसार परेर आत्मसमर्पण गरिरहेका छन् ।

सन्देशले , सरकारी तथा गैरसरकारी क्षेत्रमा भयको भ्रष्टाचार, वैदेशिक ठगी वित्तीय संस्था र बैकहरुको चर्को ब्याजदर , लुट,मिटरव्याजी ,लघुवित्त सस्था र खराब नियतवश संचालन गरियका ठुला स्तरका सहकारी हरुको ठगी,महंगी, बेरोजगारी, कालोबजारी, सामाजिक असुरक्षा, कु-शासन जस्ता तमाम समस्याका कारण उद्योगी, व्यवसायी, इमानदार कर्मचारी र जनताको जीवन चिन्ताजनक र संकटग्रस्त बन्दै गएको अवस्थामा ,यो संकटको समाधान दलाल पुजीवादी सत्ता ,संसदवादी पार्टी र यिनका नेताहरुबाट संभव नभयको भन्दै ।यो सबै संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद बाट मात्र सम्भव भएको बताए ।

इलाका इन्चार्ज तिलकुमार सी को अध्यक्षतामा भयको कार्यक्रममा अतिथिहरुमा पश्चिम जिल्ला इन्चार्ज दिनेश सी ,सेक्रेटरी अटल सी ,नेपाली काङ्ग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र ,रास्ट्रीय जनमोर्चा ,लगायतको स्थानिय नेताहरु रहेका थिए । साथै विभिन्न संघसस्थाका प्रतिनिधि ,जेष्ठ नागरिक मन्च ,सुरक्षा निकायका इलाका प्रमुख र स्थानीय पत्रकारहरुको उपस्थितती रहेको थियो


स्थानीय नेता कार्यकर्ताहरुको उपस्तिथिमा भयको सो कार्यक्रममा सबै सस्थाका प्रतिनिधिहरुले यो व्यवस्थाले जनताको सेवा गर्न नसक्ने भन्दै रास्ट्रीय संकटको बेलामा सबै स्थानीय राजनीतिक पार्टीहरु एक ठाउँमा आउनुपर्ने अवह्वान गरेका छन् ।

कार्यक्रमको संचालन इलाका सेक्रेटरी हिमाल सी ले गरेका थिय भने स्वागत मन्तव्य जिल्ला सदस्य राम सी ले राखेका थिय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?