१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

भूकम्प पीडितलाई राहत वितरण गर्न बझाङ्ग जाँदै विप्लव

धनगढी, असोज २६ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लागेका छन् । उनी आज नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुबाट बझाङको यात्रामा लागेका हुन् ।

उनले गत साता बझाङमा गएको भुकम्पले पीडित भएका घरपरिवारहरुलाई असोज २८ गते राहत वितरण गर्ने कार्यक्रम छ । नेकपा महाकालि व्यूरोको आयोजनामा राहत वितरण गर्न लागिएको नेकपाले जनाएको छ ।

भुकम्प पीडितसंगै नेकपाका महासचिव विप्लवले इजरायलमा हमासको कार्वाहीमा परी ज्यान गुमाएका बझाङका एक जना विद्यार्थीको घरमा समेत भेटघाट गरी सान्तत्वना दिने कार्यक्रम रहेको केन्द्रीय कार्यालय श्रोतले जानकारी दिएको छ ।

यस्तै बझाङको राहत वितरण तथा भेटघाट कार्यक्रमपछि नेकपा महासचिव विप्लव समाजवादी मोर्चा नेपालले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको असोज २९ गतेको सन्देशसभालाई समेत सम्वोधन गर्ने कार्यक्रम छ । महासचिव विप्लव सुदूरपूर्वको महत्वपूर्ण भेटघाट तथा यात्रा लगत्तै सुदूर पश्चिमतिरको भेटघाट तथा यात्रामा लाग्नु भएको हो । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?