१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

कञ्चनपुरकी बिस्ना दमाई पैसा नहुँदा उपचारबाट वञ्चित , सहयोगका लागि अपिल

कञ्चनपुर , असोज २५ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडीकी दलित महिला विष्ना दमाईको आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएकी छन । फोक्सोको नलीमा पत्थरी देखिए पछि अस्पताल आएकी दमाई पैसा अभावकै कारण उपचारबाट वञ्चित भएकी हुन ।

४८ वर्षीय विस्ना दमाई असोज २४ गते पेटमा समस्या आए पछि कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल आएकी थिइन् । डाक्टर महाकाली अस्पतालमा उपचार सम्भव नरहेको बताए पछि उनको उपचार के हुने भन्ने अन्यौल परेको बिरामीका श्रीमान मोहन दमाईले बताए ।

उनले भने ,“ बिरामी त विगत एक वर्ष देखि नै हो । एक महिना अगाडि धनगढीको सेती प्रादेशिक अस्पतालमा चेकजाँच गर्न गएको थिएँ तर अप्रेशन गर्ने मेसिन छैन भन्दा त्यो समय पनि उपचार रोकिएको थियो ।”यताको (महाकाली) अस्पतालमा पनि उपचार नहुने भन्दै अस्पतालले रिफर गरी नेपालगन्ज वा चितवन जानुपर्ने बताएको मोहन दमाईले भने । अब बाहिर लगेर उपचार गराउन पैसा छैन डाक्टरले बिरामीको उपचार समयमै नगरे अपठ्यारो हुने बताएको उनको भनाइ छ । पत्थरीले फोक्सोको नली फुट्न गए बिरामीको स्वास्थ्य जोखिममा हुने डाक्टरले जनाएको छ । बिरामीका श्रीमान मोहन दमाईले आफू संग उपचार गर्न कुनै विकल्प नभएको हुँदा श्रीमतीको ज्यान जोगाई दिन सम्बन्धित निकाय सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् ।

पैसा अभावकै कारण उपचारका लागि नेपालगन्ज वा चितवन लैजान पर्ने श्रीमती बिस्नालाई मोहनले आज घर लगेका छन् ।

सम्पर्क : 9749967659 (मोहन दमाई)
खातावालको नाम : बिस्ना दमाई
खाता नं : ०८२४६०३०३८७६५०१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?