२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

कोशी प्रदेशमा देउवा पक्ष विरुद्ध लाग्यो शेखर पक्ष

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले कोशी प्रदेश सरकार बनाउन चालिएको कदमलाई गम्भीर रुपमा लिएको जनाएको छ । नेता डा. शेखर कोइराला समूहका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । शेखर कोइराला पक्षका नेता कार्कीले कांग्रेसका ८ र एमालेका ३९ जनाको समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दावी पेश गरेका हुन् ।

सो विषयलाई लिएर कांग्रेस संस्थापन पक्षले सम्भीर समीक्षा गर्ने बताएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो प्रकरणबारे समीक्षा हुने बताएका छन् ।

पार्टी केन्द्र र प्रदेश संसदीय दलको बैठक बसेर भावी कदमबारे निर्णय लिने उनको भनाइ छ । उनले कोशीमा कांग्रेसको भँगालो फाटेको टिप्पणी गर्दै भने, ‘यसलाई पार्टीले गम्भीर रुपमा लिएको छ । छिट्टै बैठक बसेर यसबारे निर्णय लिन्छौं ।’ कोशी प्रकरणले पार्टीको केन्द्रीय तहमा पनि प्रभाव पर्ने विश्वकर्माको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?