१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

इजरायल जान लागेको जहाजले हमासको आक्रमणमा ज्यान गुमाएकाको शव नल्याउने

काठमाडौं,२४ असोज । शनिबार हमासले गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव तत्काल नेपाल नआउने भएको छ ।

नेपालीहरूको उद्धारका लागि आज इजरायल जान लागेको जहाजले शवहरू नल्याउने भएको छ । विभिन्न प्रोटोकलहरू पूरा गर्नुपर्ने भएकाले आज जाने जहाजबाट शव ल्याउन सम्भव नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘ आज जाने जहाजले १० जनाको शव ल्याउँदैन । शव ल्याउन विभिन्न प्रोटोकल पूरा गर्नुपर्छ । परिवारले यो कुर बुझ्नुहुने छ, शव ल्याउन थप केहीदिन लाग्छ,’मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सेवा लम्सालले भनिन् ।

विद्यार्थीलाई प्राथमिकता दिएर पहिले स्वदेश फर्काउने लम्सालले बताइन्। इजरायलमा २२५ जना विद्यार्थी रहेको पनि लम्सालले पत्रकार सम्मेलनमा बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?