१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौँ । आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज १२ बजे बस्ने बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ ।

बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आ.व २०८०÷८१ को समितिको बजेटमाथि छलफल र सविता नायकको उजुरी सम्बन्धमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । बिहान ११ बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारबाही सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्मा महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र नेपाल सरकारका लेखा उत्तरदायी अधिकारीहरूसँग छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बंगलादेशको कृषिबाली अवलोकन भ्रमण, सुपारीको खेती गर्ने किसान र उद्योगीको समस्या, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक छलफल सम्बन्धमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?