२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

इजरायलमा रहेका नेपालीहरुमध्ये ३५० जनाले नेपाल फर्किन दिए निवेदन

काठमाडौं । इजरायलमा रहेका नेपालीहरुमध्ये ३५० जनाले नेपाल फर्किनका लागि निवेदन दिएका छन् । रोजगारी तथा अध्ययका लागि इजरायल पुगेका नेपालीहरु हमासको आक्रमणपछि नेपाल फर्किन निवेदन दिएका हुन्।

सरकारले नेपाल फर्किन तथा उद्धार हुन चाहनेका लागि अनलाइन रजिष्ट्रेशनमार्फत् विवरण माग गरेको थियो। जसमा ३५० जनाले निवेदन दिएका छन्।

इजरायलस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका ५५ जना नेपालीहरुलाई इजरायली सुरक्षा संयन्त्रको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई पनि सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ।

यस्तै हमासको आक्रमणमा परी घाइते भएका ४ जना नेपाली विद्यार्थीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ। नेपाल फर्किनका लागि निवेदन दिएकाहरुलाई सुरक्षित स्वदेश फिर्तीका लागि प्रक्रिया पनि सुरु भइसकेको दूतावासले जनाएको छ।

यस्तै एक जना सम्पर्कविवहीन विद्यार्थीको खोजी कार्य तीव्र पारिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?