२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

काठमाडौं महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा सोमबार कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए ।

कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट रु एक हजार ६० र क्रस म्याच गराउनु परे थप रु दुई सय उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?