काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने कार्यक्रम सुरु गर्ने भएको छ ।
पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा कार्यक्रम चल्ने महानगरले जनाएको छ ।
महानगरबाट सञ्चालन भएको कार्यक्रम अन्तर्गत २७ भदौमा जारी भएको सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये ९ वटा संस्थाले कुकुर र बिरालोलाई बन्ध्याकरण गराउन लागेको हो ।
छानिएका संघसंस्था हरेकलाई उनीहरुले छानेको एउटा वडा जिम्मा दिइएको छ । जसमा वडा ४ मा ‘पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल’, वडा ७ मा ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर (क्याट सेन्टर)‘, वडा ९ मा ‘बत्तीसपुतली युवा, समाज’, वडा ११ मा ‘अक्सा नेपाल’, वडा १४ मा ‘एनिमल नेपाल’, वडा १५ मा ‘नेपाल जुनोसिस एण्ड फुड हाइजिन रिसर्च सेन्टर’, वडा २५ मा ‘स्नेहाज केयर’ले काम गर्नेछन् ।