इजरायल युद्धमा फसेका नेपालीको उद्दार सुरु

काठमाडौं । इजरायल र प्लालेस्टानी विद्रोही हमासबीच युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालिएको छ । इजरायलस्थित नेपाली दूतावासले इजरायली सुरक्षा संयन्त्रको पहलमा युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार थालेको हो ।

दूतावासले सोमबार साँझ विज्ञप्ति जारी गर्दै युद्ध भइरहेको क्षेत्रका कृषि फार्फमा फसेका नेपाली विद्यार्थीलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालेको जनाएको हो ।

दूतावासका अनुसार केही विद्यार्थीको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुनेक्रम जारी रहेको छ । त्यस्तै, किवुज अलुमिम भन्ने स्थानमा मृत्यु भएका १० जना नेपालीको शव फिर्ता गर्नका लागि इजरायल सरकारसँग समन्वय तथा सहकार्य सुरु गरिएको दूतावासले जनाएको छ । साथै, ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेका र दुई जना तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको दूतावासले जनाएको छ ।

सम्पर्कबिहिन एक जनाको खोजी कार्य गर्न प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय संयन्त्रको सहयोगमा तीव्र गरिएको जनाएको छ । त्यस्तै, स्वदेश फर्किन चाहने नेपालीहरुका लागि अनलाइन आवेदन खुला गरिएको पनि दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?