इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको शोकमा मंगलवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मंगलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।