२८ भदौ २०८१, शुक्रबार
२८ भदौ २०८१, शुक्रबार

काठमाडौँ महानगरपालिका भित्रका सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिका भित्रका ३ वटा सडक खण्डमा एकतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिएको छ ।

सडक भएको वडाका जनप्रतिनिधि,ट्राफिक प्रहरी कार्यालय र महानगरपालिको संयुक्त प्रयासमा अहिले दोहोरो सवारी सञ्चालन भइरहेका सडक खण्डलाई एकतर्फी बनाउन लागिएको हो ।

अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइँदैन । त्यस्तै जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हूँदै कमलादी मोडतर्फ आउन नपाइने बनाइनेछ ।

महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार,पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?