२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

गाउँ तहसम्म मोर्चा बिस्तार गर्ने समाजवादी मोर्चा रोल्पाको निर्णय

रोल्पा । समाजवादी मोर्चा नेपाल अन्तर्गत रोल्पा जिल्लाले आगामी कात्तिक १५ गतेसम्म गाउँ तहसम्म मोर्चाको संरचना विस्तार गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्र ,नेपाल कम्युनिस्ट पार्टी र एकीकृत समाजवादी सम्मीलित मोर्चा सम्बद्ध दलहरुको सदरमुकाम लिवाङमा भएको प्रथम बैठकले यस्तो निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य आक्रोश सी ले जानकारी दिएका छन।

बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुर्ण के सी को अध्यक्षतामा जिल्ला स्तरीय समिति गठन गर्ने, मङ्सिर पहिलो हप्तासम्म जिल्लामा सन्देश सभा गर्ने र विद्यमान व्यवस्थाको विकल्पको रूपमा अगाडि सारिएको समाजवादी व्यवस्थाबारे जनस्तरसम्म बिमर्श गर्ने निर्णय समेत गरेको केन्द्रिय सदस्य आक्रोशले बताए।

आइतबार भएको बैठकमा नेकपा माओवादी केन्द्रकी नेतृ सीता आचार्य ,एकीकृत समाजवादीका टङ्क बुढा , नेकपा नेताहरू मणिराज सी र सञ्जीव सी को समेत सहभागिता रहेको थियो भने मोर्चाको बिधान बमोजिम प्रत्येक ४/४ महिनामा नेतृत्व हेरफेर गर्ने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?