२५ भदौ २०८१, मङ्लबार
२५ भदौ २०८१, मङ्लबार

लोटस आई कपकाे चौथो दिन दुर्गालक्ष्मी र ज्योती स्कुलको जित

अत्तरिया । अत्तरिया क्रिकेट क्लबको आयोजनामा भइरहेको विद्यालय स्तरिय क्रिकेट प्रतियोगीतामा शनिबार दुर्गालक्ष्मी नमुना मावि र ज्योती बोर्डिङ स्कुलले लगातार दोस्रो जित हात पारेका छन । प्रतियोगीता अन्तरगत शनिबार भएका दुई खेलमा जित हासिल गर्दै दुर्गालक्ष्मी र ज्योतीले दोस्रो जित दर्ज गरेका हुन ।

शनिबारको पहिलो खेलमा जेके स्कुललाई ७६ रनको पराकिलो अन्तरले पराजित गर्दै दुर्गालक्ष्मी विजयी भएको हो । टस हारेर व्याटिङको निम्तो पाएको दुर्गालक्ष्मीले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । जे.के स्कुलका दिपेश रोकायाले ४ विकेट लिए ।

९८ रनको विजयी लक्ष्य पछ्याएको जे.के मा.वि ८ दशमलव २ ओभर खेलेर सबै विकेट गुमाउदै २१ रनमा समेटियो । दुर्गालक्ष्मीका खेलाडी मुकेश धामीले ५ विकेट लिए । खेलमा ५ विकेट लिएर टिमलाई जिताउन महत्वपुर्ण भुमिका निभाएका दुर्गालक्ष्मीका खेलाडी धामी म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे ।

यसैबिच शनिबार नै भएको दोस्रो खेलमा सत्यवतीलाई २ विकेटले पराजित गर्दै ज्योतीले आफ्नो दोस्रो जित दर्ज गरेको छ । टस जितेर व्याटिङ गरेको सत्यवतीले निर्धातिर २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायो । सत्यवतीका निसान्त कुँवरले १४ रन बनाए भने रिजन जाग्री र भुवन भाटले समान १३÷१३ रन बनाए ।

बलिङमा ज्योतीका विनोद सिँहले २ विकेट लिएका थिए । ८१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको ज्योती स्कुलले १२ दशमलव १ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो । खेलमा अलराउण्ड प्रर्दशन गरेका ज्योती स्कुलका खेलाडी सुरज बोहरा म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत आईतबार दुई ओटा खेलहरु खेलाईने खेल संयोजक कमल कडायतले जानकारी दिए । टि–२० फम्र्याटमा हुने प्रतियोगीताको प्रथम हुने टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

आयोजकका अनुसार, प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?