३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

राजा शब्द संसदको रेकर्डबाट हटाउन माओवादी सांसदको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजा शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेपछि आपत्ति जनाउँदै माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् ।

‘सम्मानित सदनमा एकजना माननीय ज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो । नेपालको संविधानले राजा चिन्दैन । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?