कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने ५ जना विद्यार्थीलाई पुरस्कृत गरिने

नुवाकोट । बेलकोटगढी नगरपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्ने गर्दछ । पालिकाभित्र कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट हुने ५ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको हो ।

आधारभुत तहका शिक्षकहरुलाई सुचना तथा सञ्चार मैत्री बनाउन हरेक वर्ष नगरपालिकाले आवासीय शैलीमा आईसीटी तालिम उपलब्ध गराउने गरिएको छ ।

नगरपालिकाले आधारभूत तहमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार तथा चौँथो र पाचौँ हुनेलाई तीन/तीन हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने शिक्षा शाखाका स्रोत व्यक्ति बद्रि शर्माले जानकारी दिए । उनको अनुसार नगरपालिकाले एसइई परिक्षामा पालिकाको उत्कृष्ट विद्यार्थीलाई दश लाख उपलब्ध गराउने कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिएको छ ।

यस्तै, नगरपालिकाले बाल विकास शिक्षकहरुलाई सरकारले दिने १० हजारमा नगरपालिकाले ७ हजार थप गरेर मासिक १७ हजार रुपैयाँ उपलब्ध गराउने गरेको उनले बताए । ६६ जना बाल विकास शिक्षकलाई नगरपालिकाले तलब थप गर्ने गरेको उनले पालिकाखबरलाई सुनाए ।

विद्यालयका सहायक कर्मचारीलाई आठ हजार दिने गरेकोमा नगरपालिकाले थप गरेर उपलब्ध गराउने गरेको उनले जानकारी दिए । ‘राज्यले तलब कम दिएको छ । ७० देखि ८० लाखसम्म वार्षिक रुपमा कर्मचारीको तलब थप गर्ने पालिकाको रकम खर्च हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

spot_img

छुटाउनुभयो कि ?