२७ असोज २०८१, आइतवार
२७ असोज २०८१, आइतवार

महानगरभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गराउने भएको छ ।

हाल ५७ वटा सार्वजनिक शौचालय भएको महानगरपालिका क्षेत्र २०७९ सालमै व्यक्तिगत तथा संस्थागत रुपमा चलेका १२० वटा शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएपनि तिनीहरु कसरी चलेका छन् भन्ने विषयमा महानगरले ध्यान दिएको थिएन । हाल भने महानगरले यीसहित नयाँ शौचालय बनाउनेलाई सहयोग गर्ने बताएको हो ।

भएकालाई नियमित गर्ने,सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना छ,’वडा सचिवहरुसँग भएको छलफलमा महानगरका सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख डा.शिवराज अधिकारीले बताए ।

उनका अनुसार हरेक ५०ण् मिटर दुरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउने महानगरपालिकाको नीति कार्यान्वयन गर्न सहयोग नीति अघि सारिएको हो ।

एकाईले शौचालयको स्वच्छता सम्बन्धी आचरण विकास गर्न बर्षको ३ पटक निःशुल्क सफाइका सामान उपलब्ध गराउने भएको छ । यसमा सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट सहितका सामान हुनेछन् ।

स्वणर्िम योजनाअन्तर्गत स्वच्छ पिउने पानी कार्यक्रमकी सम्पर्क अधिकारी कविता राईले, शौचालयको स्वच्छताका लागि डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान उपलब्ध गराइने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?