काठमाडौं,। भारती मानन्धरले मान्छे मारेर आम माफी पाइन्छन भने हामीलाई पनि हतियार देउ बदला लिन्छौं भनेकी छन् । एक पत्रकार सम्मेलनमा बोल्दै मानन्धरले सो कुरा बोलेकी हुन्।
श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी रहेको बताइन् ।
जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।
उनले,६० प्रतिशत जेल भुक्तान गर्नु अघि नै राष्ट्रपतिबाट माफी पाएका रिगल भनिने योगराज ढकाल ‘मान्छे मारेर आममाफी पाउँछन्भ भने हामीलाई पनि हतियार देऊ, हत्यारासँग बदला लिन्छौं’ भनेकी छन् ।
आफ्ना श्रीमान्का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन् । माफीको दुरूपयोग र अपराधीलाई माफी दिने विषयमा चौतर्फी सरकारको आलोचना भइरहेको छ ।