१५ बैशाख २०८२, सोमवार
१५ बैशाख २०८२, सोमवार

कञ्चनपुरमा ट्राफिक प्रहरीले राख्यो चाडवाड लक्षित यात्रु सहायता कक्ष

कञ्चनपुर ,असोज १६ : जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले चाडवाड लक्षित गरेर सर्वसाधारण तथा यात्रुहरुको सहजताको लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । ट्राफिक कार्यालयले जिल्लाको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरेको हो ।

नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गरी आम सर्वसाधारणका समस्यालाई सम्बोधन गर्न,सडक सुरक्षा तथा सवारी दुर्घटना न्युनिकरण, रोकथाम र प्रभावकारी ट्राफिक व्यवस्थापन, यात्रु आवागमनमा थप सेवा दिने उदेश्यका साथ यात्रु सहायता कक्ष स्थापना गरिएको कञ्चनपुर ट्राफिक प्रहरी प्रमुख नरेश विकले बताए । उनले भने,“ सहायता कक्ष राख्दा सर्वसाधारणका समस्यालाई नजिकबाट बुझ्न पाइने र सडक दुघर्टना कम गर्न पनि मद्दत पुग्ने विश्वास लिएका छौं ।”

ट्राफिक कार्यालयका अनुसार जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित महेन्द्रनगर बसपार्कमा जनचेतनामूलक कार्यक्रम गर्दै यात्रु सहायता कक्ष राखिएको छ साथै अस्थाई ट्राफिक प्रहरी पोष्टहरु गड्डाचौकी, दैजी, कलुवापुर, बेलौरी, त्रिभुवनबस्ती र गुलरिया गरी जम्मा ७ (सात) स्थानमा पनि यात्रु सहायता कक्षको सेवा सञ्चालन गरिएको छ । यो सँगै सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले अन्य जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि सञ्चालन गरिने जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?