८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

लक्ष्मी घर्तीको हत्या आरोपमा ४ जना पक्राउ , एक जना फरार

कञ्चनपुर, असोज १६ : कञ्चनपुरको पुनर्वास नगरपालिका ३ की २७ वर्षीय लक्ष्मी घर्तीको हत्यामा संलग्न रहेको आशंकामा ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले असोज १४ गते उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका १ का सरोज राना राहुल राना त्यसैगरी लाल्झाडी गाउँपालिका ०१ का सेन राज राना र पर्सु राना पक्राउ परेका हुन् । घटनामा संलग्न ५ जना मध्ये एकजना राज कुमार राना भने फरार रहेका छन् । उनको पनि खोजतलास कार्य भइरहेको प्रहरीले बताएको छ । निज अभियुक्तहरुलाई कञ्चनपुर जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ । प्रहरीले अहिले उनीहरूलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका अभियुक्त
मंगलबार कञ्चनपूर जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन सो गर्दै जानकारी गराएको छ । प्रहरीका अनुसार साउन ३० गए मृतक घर्तीको लास पुनर्वास नगरपालिका ३ आईवीआरडीमा बेवारिसे लास छ भन्ने सूचना पाए पछि इलाका कार्यालय त्रिभुवनबस्तीको टोली घटना स्थल पुगी लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धानका कार्य गरेको थियो । मृतकको शरीरमा घाउ छोट देखिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार लाल्झाडि गाउँपालिकाको वडा नं १ स्थित लाल्झाडी जंगलमा हात्ती हेर्न र बनको रेखदेख गर्न बनाइएको काठको टहरामा लगी निज मृतक घर्तीलाई मदिरा सेवन गराई उक्त टहराको तेस्रो तलबाट खसाई हत्या गराएको खुल्नमा आएको छ । यो विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?