भक्तपुर। नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य आस्था सी ले ” समाजबादी क्रान्तिले सामाजिक अन्तर विरोधहरुकाे सामाधान गर्न सक्नु पर्ने बताएकी छन् । सोमवार नेकपा भक्तपुरको आयोजनामा गरिएको प्रसिक्षण कार्यक्रमा बोल्दै नेत्री आस्थाले सो कुरा बताएकि हुन् ।
“श्रमीक वर्गको हकहितका लागि गरिने राजनीति भनेकै कम्युनिस्ट राजनीति भएको उल्लेख गर्दै उनले भनिन्, कम्युनिस्टकाे नाम बोकेर,लोगों बोकेर मात्रै सच्चा कम्युनिस्ट हुन सक्दैन । त्यसकारण सम्पूर्ण श्रमिक वर्गको नेतृत्व कोले गर्दैछ भन्ने कुरा अब जनताले बुझ्न जरूरी भएको उल्लेख गरिन् ।
उनले विश्व राजनीतिलाई बुझाउँदै ,अहिले विश्वमा पुँजीवाद र माक्सवादको लडाइँ चलिरहेको छ , समाजवादलाई विलय गर्न अमेरिकी साम्राज्यबाद अनेक रंगहरु फेर्दै बिभिन्न देशहरूमा घुसिराखेको छ । हाम्रो देशमा कानुन भन्दा पनि माथि रहेर MCC परियोजना लागु हुनेगरी भित्री रहेको छ । MCC कार्यान्वयन भए देशको राष्ट्रियता नै खतरामा पर्ने छ ।’उनले भनिन् याे कुनै विकाश नभएर विनासको लहर हो , जस्ले चाइना सङ्ग युद्ध गर्न नेपाललाई युद्ध रणभूमि वनाउन चाहन्छ, ।अमेरिकाकै तथ्य अनुरुप एमसीसी सैन्य रणनीति अन्र्तरगतको योजना भएकाले खारेजीको विकल्प नभएको बताईन । जस्लाई रोक्न नेपाल कम्युनिष्ट पार्टीले बिभिन्न विरोध कार्यक्रम गर्दै आइरहेको जनाइन् ।
समाजबादी मोर्चा बारे आस्थाले भनिन् “देशमा आन्तरिक र बाहिय राजनितीक समस्याहरू रोक्न समाजवादी मोर्चा अहिलेको आवश्यकता हो ,क्रान्तिकारी मोर्चा फराकिलो वनाउन समाजबादी मोर्चा बनेको हो,जसकारण बास्तविक क्रान्तिकारीहरु यो मोर्चाबाट जागृत र हौसिएका छन् । तपाइ हामिले यसमा आपति मान्नु पर्ने र संका गर्नु पर्ने कुनै कुरा छैन यो मोर्चाले समाजबादी समस्याहरूलाई समाधान खोज्न मद्दत गर्ने छ ।
भक्तपुर जिल्ला डिसियस रत्न सी को अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि,नेकपा पोलीट व्युरो सदस्य आस्था, अतिथिमा भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको रहेको थियो ।