डोटी : नेत्र विक्रम सी (विप्लव) नेतृत्वको नेकपा निकट युवा संगठन डोटीले जिल्ला प्रशासन कार्यालय डोटीलाई ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पछिल्ला समयमा बढ्दै गएको महंगी , भ्रष्टाचार ,कालोबजारी , गुणस्तरहीन , खाद्यान्नवस्तुबारे युवा संगठनले जिल्ला प्रशासन कार्यालयका नि. प्रमुख दिर्घराज उपाध्यक्षलाई ध्यानाकर्षण प्रत्र बुझाएको हो ।
यस्ता छन् युवा संगठन डोटीका मागहरु :
१. कृत्रिम अवस्था सिर्जना गर्नेहरुलाई अध्ययन अनुगमन र कारबाही गरी सहज वातावरण बनाउन माग गर्दछौँ ।
२. चरम रुपमा मौलाउँदै गरेको महँगी नियन्त्रण गरि कारबाही गर्न माग गर्दछौँ ।
३. खाद्य बस्तु (म्याद सकिएका गुणस्तरहीन) हरूको बिक्री वितरण भैरहेको हुदा उक्त कार्यलाई नियन्त्रण गरि हदसम्मको कारबाही गर्न माग गर्दछौँ ।
४. बस्तुको खरिद मूल्य २० प्रतिशत मुनाफा लिने राज्यको नियम विपरीत सत प्रतिशत वा सो भन्दा बढि मुनाफा लिने कार्य ब्यापक रुपमा बढेको कार्यलाई नियन्त्रण गरि कारबाहीको माग गर्दछौँ ।
५. यस कार्यालय को क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपेठारी, लागूऔषध कारोबार, तथा सामाजिक अपराधीहरूको नियन्त्रण र कारबाही गर्न जोडदार माग गर्दछौँ ।