५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

दुई सवारी एकआपसमा ठोक्किदा ९ जना यात्रु घाइते

काठमाडौं। मकवानपुरको हेटौंडामा दुई सवारी एकआपसमा ठोक्किदा ९ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसा,आज सोमबार बिहान ८ः४० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश प्र.२-०३-००१ ज २११ नम्बरको विङ्गर र नेपालगंजबाट सिन्धुली तर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस ‍एकआपसमा ठोक्किदा दुवै सवारीका गरी ९ जना घाइते जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको छ । दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका र दुर्घटनाको कारणबारे अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?