५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

एमाले कोशी प्रदेशको मतदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एमाले कोशी प्रदेशको नेतृत्वका लागि मतदान सम्पन्न भएको छ ।

नौ सय ७७ जना प्रतिनिधि सहभागी भएको मतदान राति दश बजेदेखि सुरु भई आज बिहान साढे ५ बजे सम्पन्न भएको हो ।
मतगणना दिउँसो १ बजेदेखि हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको चुनावमा २० जनाले भने मतदान गरेनन् । एमाले कोशी प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन् ।

सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार छन् । यसैगरी २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा खोटाङका देवान राई, मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन् ।

जारी प्रदेश अधिवेशनमा उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?