बस दुर्घटना हुँदा १० जना यात्रु घाइते

काठमाडौं । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका –३ बोहोरेटार नजिक गाडी बिहान साढे ७ बजे उक्त घटना भएको हो ।

मधेस प्रदेश ०४–००१ ज ००६२ नम्बरको गाडी
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे,कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे,कमलामाई नगरपालिका–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा,सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

सिन्धुलीकै कमलामाई नगरपालिका–४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं‍. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका– ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि धुलिखेलतर्फ पठाइएको छ । चालक तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?