नेकपा कञ्चनपुरको सचिवको जिम्मेवारीमा विद्यार्थी नेता प्रकाश सी

कञ्चनपुर : नेत्र विक्रम सी(विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाको सचिवमा विद्यार्थी नेता प्रकाश सी नियुक्त भएका छन् । नेकपाको केन्द्रीय समितिको बैठकले उनलाई कञ्चनपुर (क) क्षेत्रको सचिवको जिम्मेवारी दिएको हो ।

कञ्चनपुरमा हिजो बसेको नेकपाको बैठकबाट सचिव प्रकाशले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन । उनलाई नेकपा महाकाली ब्युरो इन्चार्ज समर सी लगायत अन्य नेताहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

आफूलाई पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी इमान्दारीपूर्वक जनता र पार्टी हितको लागि प्रयोग गर्ने नव नियुक्त सचिव प्रकाशले बताएका छन । उनले भने ,“ कञ्चनपुरमा देखिएका जनताका जनजीविका र जनतन्त्रका समस्याका विषयहरूलाई समाधान गर्न पार्टीले पहल गर्नेछ ।”

लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका प्रकाश नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) केन्दीय सचिव भइसकेका थिए भने अहिले अखिल क्रान्तिकारी २३ औं राष्ट्रिय सम्मेलनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?