काठमाडौं । हिन्दु राष्ट्र संघलेको आयोजनामा वसन्तपुरमा जीवित देवी कुमारीको विशेष पूजा गरिएको छ । वसन्तपुरमा आज ५४ जना कुमारीको पूजा गरिएको हो ।
इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ । पूजाका लागि कुमारीहरुलाई विशेष रुपमा सिंगारिएको छ ।
कुमारी पुजामा कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर कुमारी पुजा गरिन्छ । पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरूको पुजा गरिन्छ । प्रत्येक वर्ष नेवार समूदायले विजया दशमीको दिन पारेर कुमारीको पुजा गर्ने परम्परा रहदै आएको छ । कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत न आउने विश्वास छ ।