१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

अविवाहित हरुलाई भत्ता दिने निर्णय

काठमाडौँ । गुल्मी दरबार गाउँपालिकाले अविवाहित महिला पुरुषलाई भत्ता दिने भनी एक सुचना जारि गरेको छ ।

गाउँपालिकाका अनुसार अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिन यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागू हुने गरी भत्ता प्रदान गर्न लागिएको हो ।

उक्त गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने निर्णय गरेको हो ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअन्तर्गत श्रावण महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने गरी सूचना प्रकाशन गरेको छ ।

अविवाहित पुरुष र महिला पनि कुनै न कुनै रुपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस हुन नदिन मासिक एक हजारका दरले भत्ता दिने गाउँपालिकाकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (25%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (25%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?