काठमाडौं। प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवका अवसरमा विभिन्न विधामा पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ।आज शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चारमन्त्री रेखा शर्माले विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरुलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो।
कसले कुन पुरस्कार पाए ?
१, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ भने १६ जनालाई सम्मान गरिएको छ।(विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्की)
२, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार (दमन राई)
३, प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार (पत्रकार सागर पण्डित र चुडामणि भट्टराई)
४,प्रेस काउन्सिल आचारसंहिता पुरस्कार (चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामी)
५, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना (विमल ज्ञवाली,जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमण)
६,प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जनालाई (पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदिश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्य) लाई प्रदान गरिएको छ ।
७, प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार ६ जनालाई (पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्का) प्रदान गरिएको छ ।
८, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सात जनालाई प्रदान गरिएको छ ।(सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकी)
९,प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार (केशव थोकर र नेमिश गौतम)
१०,प्रेस काउन्सिल साहित्यिक पुरस्कार (हिमाल गुँरास द्वैमासिकका खिमानन्द पोखरेल)
११, प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार (रामभरोष काँपडीःमैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक) लाई प्रदान गरिएको प्रेस काउन्सिल नेपाले जानकारी दिएको छ ।














