मुम्बई। एटली निर्देशित शाहरुख खानको जवान सेप्टेम्बर ७ मा रिलिज भएको थियो। फिल्म ‘जवान’ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो।
जवान’को प्रोडक्सन ब्यानर रेड चिलिज इन्टरटेनमेन्टले फिल्मले विश्वभर ९०७.५४ करोड कलेक्सन गरेको जनाएको छ। रेड चिलिज इन्टरटेनमेन्टले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा जवानको पोस्टर शेयर गरेको छ । जवान’ले धेरै फिल्मको रेकर्ड पनि तोडेको छ। भारतमा फिल्मको कुल कारोबार ५०० करोड नाघेको छ।
फिल्म‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । ‘जवान’मा शाहरुख खानसँगै नयनतारा,विजय सेतुपति,प्रियमणी,सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रा पनि छन्।














