माओवादी केन्द्रद्वारा बेलडाँडीमा पहिलो पाईलट कोर्ष गर्ने विष्टलाई सम्मान

कञ्चनपुर, भदौँ ३१ : नेकपा माओवादी केन्द्रले कञ्चनपुरको बेलडाँडीमा पहिलो पाईलट कोर्ष गर्ने सागर विष्टलाई सम्मान गरेको छ । माओवादी केन्द्र बेलडाँडी गाँउपालिका कमिटिले आइतबार एक कार्यक्रमका विच पाईलट विष्टलाई सम्मान गरेको हो ।

बेलडाँडी गाँउपालिका १ कञ्चनपुरका स्थानीय बिष्टले हालै अमेरिकाको बेईमेन एडिएसन शैक्षिक संस्थाबाट पाईलट कोर्स पुरा गरेर घर फर्किएका थिए । गृहनगर पुगेका बिष्टलाई माओवादी केन्द्रका नेता कार्यकर्ताले ढाकाटोपी, दोसल्ला ओढाएर सम्मान गरिएको गाउँकमिटि अध्यक्ष डम्मर शाहले बताए । माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष शाहले विष्टले गरेको कोर्ष गाँउकै लागि गौरब भएकाले सम्मान र उत्साहका लागि सम्मान गरिएको बताए । कार्यक्तममा नेकपा मओवादी केन्द्रका प्रदेश नेता ईश्वरी प्रसाद भट्ट, हरि प्रसाद शर्मा, चन्द्र बहादुर बिक लगायत गाउँकमिटिका नेता कार्यकर्ताले विष्टको कदर गर्दै सम्मान गरिएका थिए ।

अध्यक्ष शाहका अनुसार पढाईको सम्मानका साथै उक्त अध्ययनमा घर परिवारले निर्वाह गरेको भूमिका उच्च रहेको भन्दै प्रेरणाका लागि सम्मान गरिएको बताए । ‘बेलडाँडीले सागर विष्ट जस्तो छोरा जन्माउनु बेलडाँडीवासीको गर्व रहेको बताए ।’ पाईलट सागर विष्टले नर्सरीदेखि कक्षा २ सम्म बेलडाँडीकै नवज्योतिमा अध्ययन गरेका थिए । कक्षा ३ देखि १० सम्म प्रभात विद्या निकेतेन बसन्तपुर र आईएस्सी महेन्द्रनगरको मर्निङ्ग ग्लोरीबाट अध्ययन गरेर १९ बर्षकै पाईलट कोर्ष पुरा गरेका थिए । पाईलट कोर्ष सकेर घर आएका सागर बिष्टले समेत आफ्नो सफलतामा घर परिवार, शिक्षक गुरुदेखि समाजको भूमिका रहेको भन्दै धन्यवाद प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?