१३ फाल्गुन २०८०, आइतवार
१३ फाल्गुन २०८०, आइतवार
spot_img

स्ववियुका निर्वाचित कोषाध्यक्ष विप्लव निकट अखिल क्रान्तिकारीमा प्रवेश

बझाङ : बझाङमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट निर्वाचित कोषाध्यक्ष विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् । जिल्लाको बित्थड चिर गाउँपालिका स्थितको सुनकुडा नमूना क्याम्पसमा स्ववियुको कोषाध्यक्ष भानु जोशी अखिल क्रान्तिकारीमा आईतबार प्रवेश अखिल (क्रान्तिकारी)का नेता बबर जंग सी ले बताए ।

एमाले , नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट कोषाध्यक्ष निर्वाचित जोशीले आफ्नो राजनीतिक धार परिवर्तन गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुमा रहेका जोशीले संसदवादी दलहरूबाट जनताको मुक्ति सम्भव नरहेको भन्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनलाई एक कार्यक्रमका बिच नेकपा केन्द्रीय सदस्य भरत सी ले खाँदा लगाएर पार्टीमा स्वागत गर्दै आगामी राजनीतिक यात्राको शुभकामना व्यक्त गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य भरत सि , अखिल क्रान्तिकारी पशिम कमान्ड इन्चार्ज बबरजङ्ग सि , बझाङ्ग जिल्ला युवा संयोजक आकास सि , बझाङ्गको बझाङ्ग दीप क्याम्पसका स्ववियु सभापती कमल सि , अखिल क्रान्तिकारीका जिल्ला सदस्य सम्सेर सि को उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?