आज सुदुरपश्चिममा ‘अटवारी’ पर्व मनाईँदै

कञ्चनपुर : थारु समुदायमा ‘अटवारी’ पर्व आइतबारदेखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने ‘अटवारी’ पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ । भाद्र महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आईतवारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुदाँ आईतबार यो पर्व सुरु भएर सोमबारसम्म मनाइने गरिन्छ।

स्थानिय सुमन चौधरीका अनुसार यो पर्वमा विशेस गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँ र चामलको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको उनले बताइन ।

दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिने र अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने चलन रहिआएको उनको रहेको भनाइ छ। अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने चलन समेत रहेको उनले बताइन। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका चौधरी डगौरा समुदायले बिशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?