१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार
spot_img

यसपटकको न्यायिक आयोगले आरक्ष पीडितको समस्या समाधान गर्छ : सांसद भाट

कञ्चनपुर : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य ओम बिक्रम भाट (सरल) ले कञ्चनपुरका आरक्ष पीडितको समस्या समाधान हुने आश्वासन व्यक्त गरेका छन् । शनिबार जिल्लाको कृष्णपुर नगरपालिका २ मा आयोजित आरक्ष पीडित जनता सँगको भेटघाट कार्यक्रममा सांसद भाटले सो कुरा बताएका हुन् ।

प्रदेश सभा सदस्य भाटले विगत जस्तो आयोग गठनका नाममा राजनीतिक कार्यकर्ता भर्ती गर्ने ठाउँ अहिलेको गठित आयोग नरहेको बताएका छन । उनले भने ,“ अहिलेको अधिकार सम्पन्न न्यायिक आयोगले पूर्ण रुपमा काम गर्ने विश्वास छ । सरकारले पनि यो अन्तिम आयोग हो भनेको छ र यसकारण पनि यस आयोगले वास्तविक पीडितको समस्या समाधान गर्नेछ ।”‘हामीले चुनावका बेला बोकेकै बाचा अनुरुप न्यायिक आयोग गठन गराउन सफल भएका हौँ, ‘यसका लागि तपाई पीडित जनता सबैभन्दा धैर्यता गर्नुभयो, हामीले घचघच्याऔँ ।’ यस पटकको आयोग नै अन्तिम आयोग भएकाले जमिन र लालपुर्जा दिने आयोग भएकाले पीडितको पुर्नस्थापना हुनेमा आफु आशावादी रहेको सांसद सरलले बताए ।

चुनावका बेला आफूले अधिकार सम्पन्न आयोग गठन गर्ने कुरा बोलेको र अहिले त्यो नै पूरा गरेको उनको भनाइ थियो । वर्षौं देखि राज्यबाट पीडित बनेका जनताको हितको लागि आफू विगतदेखि नै सम्बन्धित निकायमा पहल गरिरहेको पनि उनले बताए । पीडितको समस्या निराकरण गर्नमा आयोगले काम गर्नुपर्ने भाटको जोड थियो ।

आरक्ष पीडित संघर्स समिति सँगको छलफल तथा भेटघाट कार्यक्रममा सांसद ओम भाट (सरल) लाई आयोग गठन सम्मको प्रक्रियामा सहयोग गरेको भन्दै पीडितले धन्यवाद तथा सम्मान गरेका थिए भने सहभागी पीडित स्थानीयले विगतका जस्तो आयोग गठन मात्रै गरी जनतालाई ठग्ने काम नगरी यो आयोगले सही ढंगले काम गर्नुपर्ने माग राखे ।

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन साउदले न्यायिक आयोग भएकाले कृष्णपुर सहित जिल्लाभरीका आरक्षपीडितको समस्या समाधान हुने अपेक्षा राखेका छन । ‘यो आयोग अन्य आयोग जस्तै अधिकार बिहिन होईन, ‘वडाध्यक्ष साउदले भने, ‘आयोगले पहिलो तोकिएको कार्यकालमै समस्या समाधान गर्नुपर्छ ।’

आरक्ष विस्तारका नाममा ०५८ सालमा संकटकालको समयमा तत्कालीन सरकारले हजारौँ परिवार विस्थापित गरेको थियो । विस्थापित भएर सडक किनारमा शिविर बनाएर बसिरहेका पीडितको २२ वर्ष वितिसक्दा पनि पुनस्र्थापना हुन सकेको छैन । समस्या समाधानका लागि हालसम्म ३१ वटा आयोग बने पनि प्रतिवेदन बुझाउनेमै सीमित थिए ।

समस्या समाधानका लागि पाँचबुँदे माग गर्दै पीडितले हालै माइतीघर मण्डलामा भोक हडतालसमेत गरेका थिए। पीडितले प्रतिपरिवार १० कट्ठा जग्गा उपलब्ध गराउनुपर्ने, ०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

माग पूरा गराउन आरक्षपीडित संघर्ष समितिका पदाधिकारी विगत चार महिनादेखि राजधानी काठमाडौंमा प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता तथा सांसदसम्म भेटिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?