‘सुवास नेम्वाङलाई आर्यघाटबाट बिदाइ गरेर आउँदा मलाई निकै दुःख लागेको छ’

काठमाडौं,२८ भदौं । नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका दिवंगत उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता नेम्वाङलाई सम्झिएका छन्।

नेम्वाङलाई बिहीबार दिउँसो पशुपति आर्यघाटमा बिदाइ गरिएको र त्यसबखत आफूलाई निकै दुःख लागेको बताए ।

‘सुवास नेम्वाङ नभएको बैठक सायद यो पहिलो हो,’ नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भएको संसदीय दल बैठकमा भावुक हुँदै ओलीले भने, ‘आज उहाँलाई आर्यघाटबाट बिदाइ गरेर आउँदा मलाई निकै दुःख लागेको छ।’

नेम्वाङसँग आफूले करिब ५० वर्ष निकट रहेर काम गरेको ओलीले बताएका थिए। ‘नेम्वाङ र मेरो पहिलो भेट ०३२ सालमा जेलमा भएको थियो,’ उनले भने। नेम्वाङले पार्टीका पक्षमा, न्यायको पक्षमा, आन्दोलनका पक्षमा लगातार काम गरेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?