पेसवानद्वारा कञ्चनपुरका ४ विद्यालयमा झोला वितरण

कञ्चनपुर : गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले कञ्चनपुरका ४ ओटा विद्यालयमा झोला वितरण गरेको छ।

बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धनाथ मावि मटैनाका ३३७ जना विद्यार्थीलाई, भि.न.पा. १० सरस्वती आधारभूत विद्यालयका ५२ जना विद्यार्थीलाई, महाकाली आधारभूत विद्यालयका तुमडानीका १०२ जना विद्यार्थीलाई र भि.न.पा ६ स्थित त्रिबेणी
आधारभूत विद्यालयका ७३ जना विद्यार्थीलाई झोला वितरण गरिएको पेसवानमा कार्यरत कर्मचारी दमन चन्दले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय कार्यालय कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले कमजोर आर्थिक अवस्था अवस्थाका बालबालिकालाई पठनपाठनमा सहयोग पुग्ने आशा व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगका लागि आशा व्यक्त गरे ।

हालसम्म पेसवानले कञ्चनपुरका २० विद्यालयका ३८५१ जना विद्यार्थीलाई झोला वितरण गरिसकेको पेसवानमा कार्यरत कर्मचारी चन्दले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?