२९ असोज २०८१, मङ्लबार
२९ असोज २०८१, मङ्लबार

विप्लवको पछिल्लो लाइन : समाजवादी मोर्चाको निरन्तरता , एमसीसी कार्यान्वयन हुन नदिने

कञ्चनपुर , भदौ २७ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम (विप्लव) सी पछिल्लो समय राजनीतिक रुपमा फरक ढंगले प्रस्तुत भइरहेका छन । समाजवादी मोर्चा नेपालको गठन पश्चात राजनीतिक वृत्तमा विप्लव अर्थात् नेकपा प्रति थुप्रै टीका टिप्पणी भइरहेका छन् । वर्तमान परिवेशमा बदलिएको राजनीतिक घटनाक्रम र पार्टीको बैठक पछि कार्यकर्तालाई प्रशिक्षित गर्न कञ्चनपुर पुगेका महासचिव विप्लवले केही तथ्यबारे प्रस्ट्याएका छन् ।

विप्लवले नेपालको वर्तमान राज्य व्यवस्था असफलता तिर लैजाने मुख्य अन्तरविरोध अथवा कारण विगतको भन्दा फरक रहेको बताए । उनले हिजो दलाल पूँजीवादी एकल ढंगले नेपाली जनतामाथी उत्पीडन र अन्याय लादीरहेको थियो र अहिले त्यो मात्रै नभएको उनले प्रस्ट्याएका छन् । उनले भने ,“ पछिल्लो समय बाह्य हस्तक्षेप अस्वाभाविक तरिकाले बढेको छ र त्यसमा पनि अमेरिकी हस्तक्षेप मुख्य रुपमा अहिलेको अन्तरविरोध बन्न पुगेको छ । अमेरिकी साम्राज्यवादको पक्षमा उभिने नेपाली शासकहरू दलाल हुन् ।” नेपालका कम्युनिष्टहरुलाई सिध्याउनु पर्छ भन्ने योजना सहित नेपालमा अमेरिका सैन्य शक्ति सहित भित्रिन खोजेको र यो कुरा हरेक नेपालीको लागि घातक भएको उनले बताए । “सहयोगको नाममा एमसीसी परियोजना मार्फत अमेरिका नेपालमा सेना ल्याउन खोज्न लागेको छ र नेपालमा एमसीसी कार्यान्वयन हुन नदिन नेकपाले निरन्तर संघर्स गर्दै जाने छ , विप्लवले भने । उनले भने ,“ एमसीसी कार्यान्वयनको लागि सिंहदरबारमा हस्ताक्षर भइरहेकै बेला हामीले त्यसको विरुद्ध काठमाण्डौं लगायत देशैभरि विशाल प्रदर्शन गर्यौ र अहिले पनि पाल्पा, नुवाकोट लगायत अन्य जिल्लामा विरोधका कार्यक्रम निरन्तर चलिरहेका छन । थुप्रै राष्ट्रवादी , देशभक्त , वामपन्थी बुद्धिजीवीहरूले पनि हाम्रो संघर्षमा साथ दिँदै आएका छन् र यो लड़ाई निरन्तर चलिरहन्छ । कुनै पनि हालतमा नेपालमा एमसीसी लागि हुन् दिइँदैन ।”

एमसीसी विरुद्ध संघर्ष गर्ने लगायतका कैयौ अन्य राष्ट्रियताको मुद्दामा सहकार्य गर्ने लक्ष्य सहित नै समाजवादी मोर्चाको उत्पत्ति भएको विप्लवले भने । समाजवादी मोर्चामा पनि नेपालको विरुद्ध हुने गरी एमसीसी लागू गर्न नदिने सहमति नै रहेको उनको भनाइ छ । नेकपा महासचिव विप्लवले विभिन्न भ्रमहरु फैलाएर समाजवादी मोर्चा टुटाउने अनेक षडयन्त्र भइरहेको बताए । ‘नेपाली विशेषताको समाजवाद स्थापना गर्न , राष्ट्रियताको मुद्दामा संयुक्त रुपमा सहकार्य गर्दै देशलाई स्वाधीन बनाउन समाजवादी मोर्चाको आबस्यकता छ र यसलाई निरन्तर अगाडि बढाउने अहिलेको समयको माग रहेको छ , विप्लवले भने ।

यो सँगै अमेरिकी सहयोग परियोजना एमसीसीलाई देशको हित विरुद्ध रहेको नेकपाको अन्तिम निष्कर्ष छ भने यसलाई कार्यान्वयन गर्न नदिन राष्ट्रिय रुपमै आन्दोलन अघि बढाउने नेकपाको लाइन छ । नेपालको संसदीय व्यवस्था असफल रहेको र यसको विकल्प समाजवाद हो भनेर संघर्ष गर्दै आएको नेकपा अब भने समाजवादको आधार निर्माण गर्न सबै प्रगतिशील ,वामपन्थी , कम्युनिस्ट र अग्रगामी शक्तिहरू संग मिलेर जानुपर्ने नीतिमा अगाडि बढेको छ र त्यसैको जगमा समाजवादी मोर्चाको आवश्यकतालाई नेकपा महासचिव विप्लवले पुस्ट्याएका छन् ।

देशमा हरेक क्षेत्रमा रहेका भ्रष्टाचार, अनियमितता, घुसखोरी र कमिसन लगायतका समस्याको मूल कारण दलाल संसदीय व्यवस्था रहेको र यसको समाधानका लागि नेपाली विशेषताको समाजवाद स्थापना गर्न अपरिहार्य रहेको उनले बताए ।

राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकाप पोलीट ब्युरो सदस्य विकल्प सी ले गरेका थिए ,नेकपा सेती ब्युरो इन्चार्ज भगत सी ले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने प्रशिक्षणमा सुदुरपश्चिमका सबै जिल्लाबाट नेकपाका कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो । नेकपाको एकदिन प्रशिक्षण कार्यक्रम आजै सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच केही समय अगाडि समाजवादी मोर्चा नेपालको घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?