कञ्चनपुरमा होटल व्यवसायी संघले मनायो गौरा उत्सव

कञ्चनपुर : होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगर स्थित खुल्लामञ्चमा गौरा उत्सव २०८० सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रममा होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टको अध्यक्षता रहेको थियो। ‘विविधतामा एकलाई आत्मसात गर्दै’ भन्ने नाराका साथ उत्सव मनाइएको होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले बताउनुभयो।

उहाँका अनुसार सुदूरपश्चिमको कला संस्कृतिलाई नयाँ पुस्तामा सुम्पिनुपर्छ र नयाँ पुस्तामा मौलिक परमपरा तथा चाडपर्वको बारेमा जानकारी दिनुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रमबाट २८ जना देउडिया, साहित्यकार, तथा सुदूरपश्चिमको कला संस्कृतिको क्षेत्रमा कार्य गरिरहेका संघ संस्थालाई सम्मान गरिएको होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव राम चन्द्र रेग्मीले बताउनुभयो।

साथै कार्यक्रममा देउडा, ढुस्को, धमारीको आयोजनामा गरेर रमाइलो समेत गरिएको महासचिव रेग्मीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?