कार्यालयमै लेखा अधिकृतसँग अश्लिल हर्कत गर्ने हाकिमलाई कारबाहीका लागि सिफारिस

इलाम, भदौ २२ । इलामको माइजोगमाई गाउँपालिकाले गाउँपालिकाको कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।

गाउँपालिकाले आज शुक्रबार पत्रकार सम्मेलनगरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निस्कर्ष निकाल्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिइने गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभएसम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्माबीच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो ।

भिडियो बाहिरिएपछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो । गाउँपालिकाले जारी गरेको बिज्ञप्तिमा बाहिरिएको भिडियो सीसीटीभी फुटेज होकि होइन भनेर छानविन गर्न र भिडियो कसरी बाहिरियो भन्ने पत्ता लागउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने भएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

spot_img

छुटाउनुभयो कि ?