एमसीसीको विरोध गर्दा कञ्चनपुरबाट विप्लव नेतृत्व नेकपाका दुई जना पक्राउ

पक्राउ परेका नेताहरु रिहा गर्न नेकपा कञ्चनपुरको माग

कञ्चनपुर , ०७ भदौ : कञ्चनपुरबाट विप्लव नेतृत्वको नेकपाका दुई जना नेताहरु पक्राउ परेका छन् । बिहीबार जिल्लाको महेन्द्रनगरमा एमसीसी विरुद्धको राँके जुलुस बालेर विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ललित सी र युवा संगठन नेपाल महाकाली ब्युरोका इन्चार्ज हर्क सी लाई प्रहरीले पक्राउ गरेको हो । अहिले नियन्त्रणमा लिएर उनीहरूलाई महेन्द्रनगर वडा प्रहरी कार्यालयमा राखेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

शान्तिपूर्ण तरिकाले राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिरहेको बेला यसरी प्रहरीले हस्तक्षेप गरेको प्रति नेकपा कञ्चनपुरले खेद प्रकट गरेको छ । देशमा अशान्ति मच्चाउने गरी राष्ट्रको हित विपरितको सम्झौता एमसीसिको विरोध गर्दा पार्टीका नेताहरु माथि हस्तक्षेप हुनु गलत रहेको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले बताए । उनले भने ,“हाम्रो पार्टीका नेताहरुलाई निःशर्त रिहा नगरे पार्टी थप आन्दोलनमा उत्रेने निश्चित छ ।”

यसरी नेकपा केन्द्रीय समितिले देशैभरि एमसीसि विरुद्धका चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?