७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

एमसीसीको विरोध गर्दा कञ्चनपुरबाट विप्लव नेतृत्व नेकपाका दुई जना पक्राउ

पक्राउ परेका नेताहरु रिहा गर्न नेकपा कञ्चनपुरको माग

कञ्चनपुर , ०७ भदौ : कञ्चनपुरबाट विप्लव नेतृत्वको नेकपाका दुई जना नेताहरु पक्राउ परेका छन् । बिहीबार जिल्लाको महेन्द्रनगरमा एमसीसी विरुद्धको राँके जुलुस बालेर विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ललित सी र युवा संगठन नेपाल महाकाली ब्युरोका इन्चार्ज हर्क सी लाई प्रहरीले पक्राउ गरेको हो । अहिले नियन्त्रणमा लिएर उनीहरूलाई महेन्द्रनगर वडा प्रहरी कार्यालयमा राखेको वडा प्रहरी कार्यालयले जनाएको छ ।

शान्तिपूर्ण तरिकाले राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिरहेको बेला यसरी प्रहरीले हस्तक्षेप गरेको प्रति नेकपा कञ्चनपुरले खेद प्रकट गरेको छ । देशमा अशान्ति मच्चाउने गरी राष्ट्रको हित विपरितको सम्झौता एमसीसिको विरोध गर्दा पार्टीका नेताहरु माथि हस्तक्षेप हुनु गलत रहेको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले बताए । उनले भने ,“हाम्रो पार्टीका नेताहरुलाई निःशर्त रिहा नगरे पार्टी थप आन्दोलनमा उत्रेने निश्चित छ ।”

यसरी नेकपा केन्द्रीय समितिले देशैभरि एमसीसि विरुद्धका चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (67%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?