१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

कञ्चनपुरमा विद्यार्थीमाथि लेखापालले जब दुर्व्यवहार गरे..

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरमा एक विद्यालयमा विद्यार्थीले दुर्गव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका लेखापाल बिरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन । आइतबार विद्यार्थीले शिक्षकमाथि कार्बाहीको माग अघि सारेर विद्यालयमा बिरोध प्रर्दशन गरेका छन ।

३१ साउनमा लेखापाल जोशीले एक छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले बिरोध प्रर्दशन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । विद्यार्थीले शिक्षक सहित कार्यकक्षमाथि ढुङगामुढा प्रहार गरेका छन । आन्दोलनका कारण आइतबारको पठनपाठन समेत प्रभावित भएको छ । कर्मचारी बिरुद्धमा विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि घटना ठुलै भएको थप आशंका गरिएको छ ।

विद्यालयले छात्रामाथि दुर्व्यवहार नगरेको जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले ३१ साउनमा शिक्षकको छात्रासंग कुम ठोकिएको बताए । विद्यार्थी माथिल्लो तलाबाट तल र शिक्षक तलबाट माथि आउनेक्रममा भिडभाँड हुँदा एक आपासमा कुम मात्रै ठोकिएको बताए । शिक्षक कर्मचारीले पढाउने गुरुबाट यस्तो कुदृष्टि दुर्नव्यवहार भएको दावि गरिएको छ । यद्यपी अब घटना प्रहरीको पोल्टामा पुगेको छ ।

कञ्चनपुर प्रहरीले विद्यालयमा लेखापाल जोशी बिरुद्धमा आन्दोलन भएपछि पक्राउ गरेको छ । प्रहरी विद्यालयमै गएर जोशीलाई पक्राउ गरेर जिप्रका ल्याएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?