कञ्चनपुरमा विद्यार्थीमाथि लेखापालले जब दुर्व्यवहार गरे..

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरमा एक विद्यालयमा विद्यार्थीले दुर्गव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका लेखापाल बिरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन । आइतबार विद्यार्थीले शिक्षकमाथि कार्बाहीको माग अघि सारेर विद्यालयमा बिरोध प्रर्दशन गरेका छन ।

३१ साउनमा लेखापाल जोशीले एक छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले बिरोध प्रर्दशन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । विद्यार्थीले शिक्षक सहित कार्यकक्षमाथि ढुङगामुढा प्रहार गरेका छन । आन्दोलनका कारण आइतबारको पठनपाठन समेत प्रभावित भएको छ । कर्मचारी बिरुद्धमा विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि घटना ठुलै भएको थप आशंका गरिएको छ ।

विद्यालयले छात्रामाथि दुर्व्यवहार नगरेको जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले ३१ साउनमा शिक्षकको छात्रासंग कुम ठोकिएको बताए । विद्यार्थी माथिल्लो तलाबाट तल र शिक्षक तलबाट माथि आउनेक्रममा भिडभाँड हुँदा एक आपासमा कुम मात्रै ठोकिएको बताए । शिक्षक कर्मचारीले पढाउने गुरुबाट यस्तो कुदृष्टि दुर्नव्यवहार भएको दावि गरिएको छ । यद्यपी अब घटना प्रहरीको पोल्टामा पुगेको छ ।

कञ्चनपुर प्रहरीले विद्यालयमा लेखापाल जोशी बिरुद्धमा आन्दोलन भएपछि पक्राउ गरेको छ । प्रहरी विद्यालयमै गएर जोशीलाई पक्राउ गरेर जिप्रका ल्याएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?