२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

आफनै लिङ्ग काटेर आफै अस्पताल पुगे एक युवक

हेटौँडा । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् ।

मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवन रिफर गरिदिएको छ ।

प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीको भनाई रहेको छ । – नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?