९ असार २०८१, आइतवार
९ असार २०८१, आइतवार

प्रधानमन्त्रीको अभिव्यक्तिले माओवादीमा तरङ्ग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पछिल्लो समय थालेको भ्रष्टाचारविरोधी अभियानमा पार्टीकै नेताहरू परेपनि अनुसन्धानको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिए पछि माओवादी वृत्तमा तरङ्ग मच्चिएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री र पदाधिकारीहरूबीचको अनौपचारिक बैठकमा अध्यक्ष समेत रहेका प्रचण्डले आफ्ना नेताहरूको नाम जोडिएकोप्रति चासो राखेका हुन्। ‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ,’ बैठकमा प्रचण्डले भने, ‘माओवादीका नामबाट जोडिएका सबैलाई ल्याएर छानबिन गर्नुस्।’

उनले दोषी देखिए पार्टीका ठूलै नेता भए पनि नछाड्ने चेतावनी दिए। ‘गृहमन्त्रीजी यहीँ हुनुहुन्छ, त्यसरी जोडिनुभएका नेताहरूलाई सीआईबी लगाएर छानबिन गर्नुस्। दोषी भए पार्टीका ठूलै नेता भए पनि छाड्दिँन, जेल जान तयार भएर बस्नू’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने। उनले माओवादीबाटै शुद्धिकरणको अभियान सुरु गर्नुपर्ने बताए। ‘कोही कहीँ जोडिएको छ, हामी जोगाउँदैनौं, कारबाही गरिहाल्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

Array

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?