जनकपुरधाम । एक नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
धनुषाको मिथिला बिहारी नगरपालिकामा ज्येष्ठ नागरिकहरुको सम्मानका लागि निकासा गरिएको रकम हिनामिना गरेको आशंकामा अख्तियार बर्दिवासको टोलीले छापा मारेको हो ।
त्यसै गरी वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि छुट्याइएको बजेट पनि हिनामिना भएको अख्यितारको दाबी छ ।
अन्य विभिन्न शीर्षकमा पनि रकम छुट्याएर काम नगरेको पाइएको अख्यिारले बताएको छ ।