विद्यालय सञ्चालन सम्बन्धी विद्येयकबारे कञ्चनपुरमा निजी विद्यालयका छाता संगठनले गरे अन्तर्क्रिया

कञ्चनपुर , श्रावण २६ : निजी विद्यालयका छाता संगठनहरुले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन एकीकरण गर्न बनेको विधेयक २०८० सम्बन्धी अन्तरक्रिया गरेका छन् । विभिन्न सरोकार वाला निकाय ,राजनीतिक दल शिक्षक संगठन लगायतको उपस्थितिमा शुक्रबार महेन्द्रनगरमा एनप्याब्सन, प्याब्सन र हिसानले अन्तर्क्रिया गरेका हुन ।

प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले अहिले कम्पनी ऐन अन्तर्गत चलिरहेका निजी विद्यालयहरु ५ वर्ष भित्र शैक्षिक गुठीका रूपान्तरण हुनुपर्ने भन्ने कुरा गलत रहेको र त्यसमा आफूहरुको घोर आपत्ति रहेको बताएका छन । विद्येयकमा ४५ प्रतिशत छात्रवृत्तिमा निजी विद्यालय बाट पढेका विद्यार्थीले नपाउने गरी आएको प्रावधान विभेदकारी छ , सल्लाहकार चन्दले भने ।
एन प्याब्सन कञ्चनपुरका सचिव बलदेव भट्ट पनि निजी विद्यालयलाई कुनै क्षतिपूर्तिको व्यवस्था नगरी निजी स्तरबाट सञ्चालित विद्यालय पूर्ण रुपमा शैक्षिक गुठीका रुपमा जानुपर्ने कुरा आपत्तिजनक रहेको बताउँछन् । कानुनको परिधिमा रहेर निजी विद्यालयहरु निर्बाध रूपमा सञ्चालन गर्न दिनुपर्ने राज्यसँग सचिव भट्टको माग छ ।

विभिन्न राजनीतिक दल , शिक्षकहरुका छाता संगठन र अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो। अन्तरक्रियामा सहभागी वक्ताहरुले संघीय शिक्षा विधेयकलाई संक्दो बढी प्रभावकारी र सबैका साझा र जनहितका विषयलाई समेटेर सरकारले ऐन बनाउनुपर्नेमा जोड दिएका थिए । प्याब्सन कञ्चनपुरका अध्यक्ष अम्मरराज भट्टको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य भने एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकर राज जोशीले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओमा रोक लगाइँदै

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन

अविरल वर्षाका कारण देशभर १४ राजमार्ग अवरुद्ध

सम्भावित मौसमी विपद्मा उच्च सतर्कता अपनाउन अपिल

कांग्रेसको १५ औं महाधिवेशनको लोगो सार्वजनिक

spot_img

छुटाउनुभयो कि ?