काठमाडौं। करिब २८ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् । बिर्तामोड नगरपालिका– १ घर भएर हाल काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले २८ तोला विस्कुट आकारको सुनसहित पोखराबाट पक्राउ गरेको हो ।
काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी कल्पनाको छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएको अवस्थामा सुन जस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएको हो । बरामद सुनको अन्दाजी तौल २८ तोला रहेको बताइएको छ । डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन् ।